नेकपाकै पालामा समृद्ध नेपाल बन्छ–ठकुरी

666
views

पर्वत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज गुप्त वहादुर ठकुरीले सत्तारुढ नेकपाकै पालामा समृद्ध नेपालको निर्माण हुने दाबी गरेका छन् । नेता ठकुरीले जलजला पर्वतको प्रथम बैठक, सपथ तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै यस्तो बताएका हुन् ।

ठकुरीले दुईतिहाई बहुमत पाएको नेकपाले समृद्ध नेपाल निर्माणको अभियान थालिसकेको बताउँदै उक्त अभियानमा लाग्न सबै नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

नेता ठकुरीले देशमा प्राप्त उपलब्धीको रक्षासँगै परिवर्तनशिल मुलुकलाई समृद्ध बनाउनुपर्ने मुख्य दायित्व नेकपाको रहेको बताउँदै प्रमुख प्रतिपक्षी दल तथा जनयुद्धदेखि शान्ति सम्झौतासम्म सँगै आएका दलहरु समेत एक हुनुपर्ने समय आएको बताए ।

कार्यक्रममा नेकपाका प्रदेश सदस्य तथा जिल्ला सचिव सुदिप कुँवरले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्र नभई समृद्धिको दिशामा उन्मुख भइसकेका कारण विभिन्न दलहरुमा रहेका मुख्यत बाम शक्तिहरु एक ठाउँ हुनुको विकल्प नरहेको दाबी गरे । उनले भने ‘हामी सबैले जनयुद्व, जनआन्दोलन भोगेर आएका छौं, तिनको समिक्षासँगै प्राप्त उपलब्धीको रक्षासँगै आर्थिक विकास नै अहिलेको मुख्य आवश्यकता हो ।’

कार्यक्रममा नेकपाका प्रदेश सदस्य यज्ञ सुवेदी, जिल्ला कार्यालय सदस्य भक्त कुँवर, गोविन्द पहाडी, जलजला नेकपाका अध्यक्ष दिपक आचार्य, सचिव टुङ्गनाथ शर्मा, नेता उदय सुवेदीले कम्युनिष्ट पार्टीलाई वैचारिक अन्तर संघर्षबाट अगाडी बढाउँदै जनताका चाहानाहरु पुरा गर्न एक हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सदस्यहरु उमाकान्त भुर्तेल, दुर्गा बहादुर दर्जी, टुङ्गनाथ आचार्य, विजय सापकोटा, वुद्दि सुवेदी, टेकवहादुर जिसी, अनिता रेग्मी, वडा अध्यक्ष तिलक जिसी, होम वहादुर पुन लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।

नेकपाले जलजला–५ लेखफाँट र जलजला–६ को सालिजामा गरेको प्रथम पुर्ण बैठक, सफत तथा प्रशिक्षण कार्यक्रमको जलजला–५ का अध्यक्ष डण्डपाणी सुवेदी, स्वागत जलजला–५ का सचिव शुक्रराज सुवेदी र सञ्चालन जलजला–६ का सचिव गौरिश्वर पौडेलले गरेका थिए ।