भन्सार छलेर ल्याएको १५ लाखको औषधी बरामद

529
views

सिरहा । सशस्त्र प्रहरीको टोलिले भारतबाट भन्सार छलेर नेपाल भित्र्याईदै गरेको १५ लाख मुल्य बराबरको औषधी बरामद गरेको छ । सिरहा नगरपालिका १७ पर्टेवामा सशस्त्र प्रहरीको टोलीले उक्त औषधी बरामद गरेको छ ।

आईसियू, इमरजेन्सी, शल्यक्रिया (अप्रेशन) लगायत उपचारमा प्रयोग हुने ३८ प्रकारका औषधी भन्सार छलेर ल्याउँदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहाको भनाई छ ।

औषधी बरामद भएपनि तस्करीमा संलग्नलाई सशस्त्र प्रहरीले पक्राउ गर्न सकेको छैन । बरामद औषधी जिल्ला भन्सार कार्यालय खैरटोकामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।