हवाईजहाजको ककपिट

45
views

– आशिष सापकोटा
सपनाहरु छताछुल्ल हुने गरी
हवाईजहाजको ककपिट्मा
उडिरहेका थिए
सारा सपनाका निमित्त म
युद्धमा होमिरहेको थिए
मानौ कि जो दनदनी
दन्किरहेको थियो ।

म आँफै जलिरहेको थिए
डढिरहेर रातो तातो राप बन्दै थिए
मानिसहरु आगो ताप्दै थिए
रमाउदै थिए हास्दै थिए र नाच्दै थिए
वर्तमान उत्सब मनाउदै थिए
मानौ कि उनिहरु युद्द नै जितिरहेछन ।

मलाई भर्खरै जस्तो लाग्छ
एक हुल युद्द जितेर गए
तर,
हार्नेहरु कसैको पनि टाउका थिएनन्
हारे उनिहरु ढुंगाको जिन्दगी हारे
सभ्यताले थाप्लोमा हराउने गरी
कुल्चेको रातको गर्भमा,
उनिहरुले गित गाउदै हारे ।।

मृत्युले यज्ञ अग्निका
कबिता लेख्न नपाउदै उनिहरुले
उत्सवको एकदिन अतुलनिय निदहरु हारे,
तर जित्नेहरु कसैको टाउका भने थिएनन्
पछि थाहा भो उनिहरु
सबै टाउका नहुनेहरुले मात्र खेल्ने
खेल खेलिरहेका थिए ।

म अझै पनि मेरा सपनाहरु
मेरा चाहनाहरु
आशा र भरोसाहरु जुन
त्यो उडिरहेको हवाईजहाजको
ककपिटमा खोजिरहेछु ।

मलाई डर लाग्छ
कतै मेरा सपनाहरु
मेरा चाहनाहरु भावनाका पाईलाहरु
त्यो रातो काठको बाकसमा सिमित हुने
त होईनन ?

त्यो रातो वाकससंगै उडिरहेको जहाजको
ककपिटमा सिमित हुने त होईनन्
छितिज पारीका जिन्दगीहरु
सोच्छु
अतालिन्छु
पागल हुन्छु
टाउको बजार्छु
कपाल निमोठ्छु
मेरा लालाबाला
मेरा बाबा आमा
सङी साथी बन पाखा
अनि
माली गाई ।

हो म सबैलाई चिन्तन मनन गर्छु
कहिले एक्लै हाँस्छु
कहिले एक्लै रुन्छु
मानौ म सपनाको पागल भैसकेँ
यिनै हुन त मेरा जून फूलेका रातहरु ?
यिनै हुन त मेरा सपना र चाहनाहरु ??
विचरा म बाबा आमाको
अस्तु सेलाउन नपाएको छट्पटिमा भकानिन्छु
मनले मनलाई प्रस्न तेर्साउँछु
उडिरहेको जहाजको ककपिट्मा
मेरा सपनाहरु सदाका लागि अन्त्य
हुने त होईनन……. ??

वाग्लुङ हाल अमेरिका