जनअपेक्षा अनुसार काम भएन–गुरुङ

537
views

सीताराम थापा
बागलुङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान र वि.पी जयन्ति अभियान मंगलबारदेखि देशैभर सुरु भएको छ । उक्त अवसरमा बागलुङ जिल्लामा पनि विविध कार्यक्रमकाबिच विपी जयन्तिको अवसरमा जागरण अभियान सुरु भएको छ । जागरण अभियानको जिल्ला स्तरीय कार्यक्रममा काठेखोला गाउँ पालिकाको लेखानीमा आयोजना भएको थियो । कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि नवराज गुरुङले दुई तिहाइको सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाए ।

गुरुङले सरकारले हत्यारा, भ्रष्टचारीलाई संरक्षण गरेर अन्यायमा परेकालाई न्याय दिन नसकेको र जनस्तरमा अनुभूति हुने कामै नभएको बताउँदै यसको भण्डाफोर गर्नको लागि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रारम्भ भएको जनाए । सरकारको तीन तहबाट चरम भ्रष्टाचारी गतिविधिले जनता आजित भईसकेकोे उनको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मणिभद्र शर्मा कँडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, बागलुङ क्षेत्र नम्बर १ का क्षेत्री सभापति चिरञ्जिवि गौतम, महाधिवेशन प्रतिनिधि कृष्णशंकर श्रेष्ठ, पार्वती आचार्य, जिल्ला सदस्य कृष्णबहादुर कार्की, ज्ञानु शर्मा श्रीस, लक्ष्मी जिसी, महेन्द्र आचार्य, काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खडक थापा लगायतले सम्बोधन गरेका थिए ।

यसैगरि जैमिनी नगरपालिका–१ मा पनि एक समामारोह बिच बिपिको स्मरण सभामा महाधिबेशन प्रतिनिधि हरी शर्माले बिपिको मार्गबाट अघि बढेमा काँग्रेस र देशको किकास हुने बताउदै बृक्षारोवण गरेको कुश्मिशेरा बाट वार्ड अध्यक्ष भुपेन्द्र थापा मगरले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश १ (क) का सभापति शिवप्रसाद कँडेलको अध्यक्षता, नेपाली कांग्रेस लेखानीका उपाध्यक्ष टेकबहादुर विकको स्वागत र सचिव चन्द्रकुमार पुनको सञ्चालनमा भएको थियो ।

यसै सन्दरर्भमा वीपी कोइरालाको १०६ औँ जन्म जयन्तिको अवसरमा बिपिको स्मृति गर्दै वृक्षारोपण समेत गरिएको थियो ।