विप्लवका छोरा प्रकाश चन्द पक्राउ

1317
views

चितवन । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाश चन्दलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चन्दलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन् । जसको अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।