सुख्खा बस्तीमा लिफ्टबाट खानेपानी

741
views

महेन्द्र जिसी
पर्वत । लमाए खोलाबाट ५ सय ५० मिटर उचाईमा रहेको वस्तीको सिरानमा प्रति सेकेण्ड १२ लिटर विद्यूतीय पम्प मार्फत पानी तानेर मुख्य टयांकी जम्मा गरी सुख्खा वस्तीमा पानी पुर्याउने योजना स्वरुप अगाढी बढेको शंकरपोखरी लिफ्ट खानेपानी आयोजनाको ५० प्रतिशत काम सकिएको छ ।

नगरपालिका कै काकाकुलको रुपमा रहेको पर्वतको फलेवास नगर पालिकाका दुई वडाका दर्जन वस्तीमा खानेपानी पु¥याउने उदेश्यले गण्डकी प्रदेशको महत्वकांक्षी लिप्ट खानेपानी आयोजनाको काम आगाडी बढेको हो । उच्च भेगीय वस्तीमा खानेपानीको पहुँच पुर्याउने उदेश्यले प्रदेशकै महत्वकांक्षी योजना थालीएको हो । खानेपानी कै कारण विद्यालय छाडने र वस्ती समेत पातलीँदै गएको शंकर पोखरीमा खानेपानी आयोजनाले खुशी ल्याएको छ ।

आयोजना सम्मपन्न पछि खानेपानीको पहुँच पुगेपछि पातलो हुँदै गएको वस्तीमा पुन मानीसहरु फर्कीने आसा स्थानीयको छ । स्थानीय जित बहादुर विकले आयोजना निर्माणले गति लिएका कारण खानेपानी खानेमा ढुक्क रहेको बताउनु भयो ।

स्थानीय लमाए खोलाको पानी लिफ्ट मार्फत तानेर गाउँको सिरान भुमेकोटमा पु¥याएर वस्तीमा वितरण गरीने योजना रहेको छ । शंकरपोखरीका आधादर्जन बस्तीमा पानीको वितरण हुनेगरी कार्यन्वयनमा रहेको हो ।

तीनवर्षे आयोजनाले भुमेकोट वस्ती मैदान वस्तै, पल्लो मैदान, जिताकोट, पुर्कोट, शंकरपोखरी बजार खोरीया, सेल चौर वस्ती राहालेपानी देउपुजा र पोखराचौर लगायतका वस्तीहरुमा पानीको पहुँच पुग्ने भएको हो । एक हजार कुरीयालाई प्रत्येक्ष खानेपानीको पहुँच पु¥याउन वृहत लिफट खानेपानी आयोजना सञ्चालन गरीएको शंकरपोखरी लिफ्ट खानेपानी आयोजनाका सचिव कमल भुसालले बताउनु भयो ।

शंकरपोखरी लिफ्ट खानेपानी उपभोक्ता समीती १५ करोडको आयोजनाको अहीले पानी संकलन गर्ने मुख्य टयांकी निर्माण भईरहेको हो । मुहानको मुख्य टयांकी र पम्प राख्ने टयांकी निर्माण सहीएर पानी संकलनको लागि दुईलाख लिटर पानी अटने क्षेमताको टयाँकी निर्माण भईरहेको छ ।

आउँदो दशैं भित्रमा पानी संकलन गर्ने टयांकीमा पानी आईपुग्ने अनुमान अनुगमन टोलिले गरएको हो । खानेपानी तथा सरसफाइ डिभिजन वाग्लुङ्ग मार्फत कार्यन्वय भईरहेको आयोजनाको अनुगमनमा ५० प्रतिशत प्रगती देखीएको हो ।

कार्यलय प्रमुख प्रेम प्रकास डोेटेलले तीन वर्षे आयोजनको रुपमा अगाढी बढेको आयोजना दुई वर्षमा अन्तीम चरणमा पुग्ने अनुमान गरीएको बताउनु भयो ।

साढे सातसय घरधुरीलाई प्रत्येक्ष रुपमा खानेपानीको पहुँच पु¥याउने उदेश्यले सञ्चालित आयोजनामा वितरण टयांकी दश वटा रहेने छन । गण्डकी प्रदेशको सबै नागरीकलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने योजना अनुरुप एक घर एक धारा अवधारणा अनुसार वस्तीमा वितरण गरीने कार्यलयले जनाएको हो ।