पर्वत काँग्रेसको जागरण अभियान, नेताकै विरोध

1033
views

महेन्द्र जिसी
पर्वत, २६, भदौ । पार्टी केन्द्रको नीति अनुसार दोस्रो जागरण अभियान थालेको नेपाली काँग्रेस पर्वतले गाउँ अभियानलाई तिव्रता दिएको छ । अभियानका क्रममा बर्तमान सरकारबाट जनता, कर्मचारी सेना प्रहरी सबै आतंकित भएको बताईरहँदा काँग्रेस तर्फबाट पूर्व जिविस उपसभापति, जिल्ला कार्यसमितिका सल्लाहकार रामशर्मा पौडेलले एक मोटी महिलाको तस्विर पोष्ट गर्दै पार्टी सभापति खिम प्रसाद भुसालको विरोध गरेका छन् ।

पौडेलले केहीदिन अघि आफ्नो फेसबुक वालमा एक मोटी महिलाको तस्विर पोष्ट गर्दै लेखेका छन् ‘पर्वत खिम भुसालले आमन्त्रित सदस्यमा मनोनित गर्न बाँकी, दुःख पाएकी नेतृ यत्ति नै अब पार्टी बलियो हुन्छ’ जयनेपाल, भनी यस्तो पाष्ट गरेका थिए ।

यता जागरण अभियानको दोस्रो चरण अन्तगरत गाउँ पुगेका नेताहरुले बर्तमान सरकारले लगाएको करमा व्यापक भ्रष्टचार गरेको र कर्मचारी समायोजनको नाममा नियम विपरीत सरुवा गराएको भन्दै नेपाली सेना र प्रहरीहरुलाई पार्टीको दास बनाएको आरोप लगाएका छन् ।

नेपालको रक्षा गर्नुपर्ने नेपाली सेना र सुरक्षा दिनुपर्ने नेपाल प्रहरीले चाकरीमा जागीर धान्नु परेको भन्दै जागरण अभियानमा जनतासँग पुगेर स्थानीय देखी केन्द्रीय सरकारले गरेका आर्थिक भ्रष्टचार, मौलाउँदै गएको अपहरण हत्या एसिड आक्रमणले सर्वसाधारणको दैनीक दिनादिनु जोखीममा परेको विषयलाई जनता समक्षा प्रष्ट पार्ने बताए ।

सरकारको वेथिती र दण्डहिनताप्रति जनता सचेत गराउँदै जनमत संकलनमा लाग्न नेताहरुले आग्रह गरेका छन् । जागरण अभियानमा नेपाली काँग्रेसका केन्दीय सदस्य अर्जुन प्रसाद जोशीले पाँचवर्ष सम्मको स्थाई सरकारको जिम्मा पाएको सरकारले जनताको सेवा गर्नुपर्ने भन्दै सरकारले १५÷१५ दिनमा कर्मचारीको सरुवा गर्न थालेपछि सरकारको अनुभुती गर्न नपाएको बताए ।

जागरण अभियानमा केन्द्रिय प्रतिनिधी मेखलाल श्रेष्ठले देशलाई सही बाटोमा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताए ।

पर्वत क्षेत्र क र ख दुवैमा शुरु भएको जागरण अभियानमा लागेका छन् । कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, खगेन्द्रप्रसाद तिवारी, राधाकुमारी कुवँर क्षेत्रीले दुई तिहाईको सरकार जनतामुखी भन्दा कार्यकर्तामुखी बढी भएको आरोप लगाएका थिए ।