मगर समुदायको भदौरे पर्व (पाँच तस्विर सहित)

1828
views

सीताराम थापा
बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका संस्कृति र उत्पादनले भरिभराऊ गण्डकी प्रदेशको एक भुगोल हो । जहाँ मगरहरुको बाहुल्यता रहेको लेकाली भुगोल विगतको द्वन्द्व प्रभाबित क्षेत्र मानिन्छ ।

संघियतामा स्थानिय सरकार बनेपछि ताराखोलाले आफ्नो संस्कृतिको जगेर्ना गर्न मलजल गरिरहेको भान हुन्छ,“ताराखोला गाउपालिकाको पहिचान, संस्कृति जोगाउदै प्रर्वद्धनको अभियान “मुल नारा राखेर मगर समाजले सिस्नो खोस्ने भदौरे पर्व यस बर्ष पनि तामझामका साथ मनाए ।

दिवंगत पितृ र प्रकृतिप्रेमका लागि यो पर्व मनाउने क्रमभंगता बढोत्तरी भएको तराखोलाका उपप्रमुखले बताईन् । यस पर्वले पितृ र सिम भुमे देवतालाई पुजा र अन्न चढाउने पनि ध्येय हो । पहिलो दिन बृद्वहरुले सरसफाई, दोश्रो दिन युवायुवतीले सरसफाई, तेश्रो दिन मगर समाज मुल घरमा पितृ देवता अन्न चढाएर स्वास्थ्य लाभ गर्ने र रात्रिभर जागा बसेर ढ्याङ्ग्रो, झ्यालीको तालमा यानिमाया गित संगितको माधुर्यतामा मनोरम हुने गरेको बताउँछन दुतमान घर्ती ।

अन्तिममा मुलघर नजिक पुजायाचना गर्ने, सुगुरको बलि दिएर स्थानिय पुजाको बाजागाजा बजाईने गरिन्छ । खासगरि यस्को मुख्य बिषेशता भनेको सुगुरको सपेटा सिस्नोमा बाँधिन्छ र बुढापाका र अविवाहित युवाहरुले ढ्याङग्रा र झ्यालीको धुन बजाउँदै सिस्नो सपेटाले परिक्रमा गरिन्छ । युवायुवतिविच सिस्नोहरु पाँचपटकसम्म घण्टौ लगाएर समुहले तानातान गरि खोस्ने गरेर खुबै आल्हादित हुन्छन् यहाँका मगर समुदायहरु । सिस्नो तानातान गर्दा उनीहरु भन्छन् हामीलाई सिस्नोले पोल्दैन् ।

जिउदै सुँगुर चढाएर पुजा गर्ने यस मेलाको अर्काे उल्लेखनीय विशेषता हो । यस्को मतलव सपेटो सहितको सिस्नो युवा जोगाउन र युवती खोस्ने प्रतिष्पर्धामा तल्लिन हुने र अन्तिममन सामुहिक रुपमा मजाले खाने संस्कृति हो। यस्को अर्काे रोचक के छ भने सिस्नो खोस्ने रंङ्गमञ्चमा अबिवाहित तरुणा–तरुणीरुको मात्र लर्काे हुने गर्दछ । मगर समुदायको भनिएपनि असिम रमाईलो पर्वमा सबै जात र भाषीको भिडभाड हुने गर्दछ । यस्ता परमपरागत संस्कृतिको वैज्ञानिक र आधुनिक जगेर्ना गर्न वयोबृद्वाबाट युवा जमातले विशेष सजग र सक्रिय भएर अघि बढ्नु बाञ्छनिय हुन्छ ।