नीजि जग्गामा सरकारी भवन, निर्माण चरणमै अलपत्र

देउपुर र वाजुङमा उत्पादित कृषि उपज संकलन भवन

1401
views

महेन्द्र जिसी
पर्वत, २६, भदौ । तीनवर्ष अघि व्यक्तिको जग्गामा निर्माण गरीएको मोदी गाउँपालिका–२ यो सरकारी भवनको जग्गा खरीदको लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । निजी जमीनमा बनाइएको सरकारी भवन निर्माण कै चरणमा अलपत्र परेपछि जग्गा खरीदको लागि गाउँपालिकाले नीजि जग्गा खरिद गर्ने तयारी गरेको छ ।

फलफुल तरकारी र तथा आलु संकलन गर्न निर्माण गरीएको कोल्ड स्टोर निर्माण पुरा नहुँदै अलपत्र अलपत्र परेपछि अब निजि जग्गा खरिद गर्नुपर्ने झण्झट आइलागेको छ । २२ लाख सरकारी बजेटमा निजि जग्गामा भवन निर्माण गर्दा विबाद भएपछि निर्माण कार्य रोकिएको थियो । तत्कालीन समयमा जग्गा धनीलाई पैसा नदिई सरकारी बजेटले धमाधम भवन निर्माण गरेपछि उत्पन्न विवाद सकिएके छैन् ।

देउपुर र वाजुङ लगायतका स्थानमा उत्पादन भएको कृषि उपज संकलनको लागि बनाइएको कोल्ड स्टोर अहिले अलपत्र अवस्थामा छ । स्थानीय बुद्धि कुमारी हमाललको जग्गामा बनाइएको सरकारी भवन व्यक्तिको हो या सरकारी हो यो विवादित बनेको छ । तत्कालीन जिल्ला विकास समितिसँग सम्झौता भएको भवन निर्माण समितिमा आपसी विबाद बढ्दै गएपछि निर्माण कार्य रोकिएको छ ।

यता समितिले भने समयमा निर्माण नसकिएका कारण बजेट रोकिएको निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाको दाबी छ ।

व्यक्तिको जग्गामा भवन निर्माण गर्दै जाँदा विवाद उत्पन्न भएपछि वडा कार्यालयले भने कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आएको जनाएको छ ।

मोदाी गाउँपालिका–२ का वडा अध्यक्ष विकास तिमिल्सिनाले व्यक्तिगत जग्गामा सरकारी भवन निर्माण भएको कानुनी प्रकृया पुरा गरेर खरीद गर्ने तयारीमा रहेको बताउँदै उनले भने ‘कानूनी प्रक्रिया नमिल्दा अलपत्र रहेको भवन सरकारी नाममा खरीद गरेपछि मात्र निर्माण कार्यले गति लिन्छ ।’

व्यक्तिगत जग्गामा सरकारी लगानीले ४ कोठे भवन निर्माण गरेको र विवाद उत्पन्न भएपछि गाउँपालिकाले भवन निर्माण थालिएको तीन वर्षपछि भवन निर्माण भएको जमीन खरीदको लागि बजेट विनीयोजन गरेको जनाएको छ ।