पाल्पा सिद्धबाबा क्षेत्रमा पहिरो, १ मृत्यु ६ घाईते

1422
views

पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

आज विहान बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा लु २ च ५९३८ नम्बरको निजी स्कारपियो समेत पुरिएको प्रहरीले जनाएको छ । घाइतेलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको छ । रातभरी परेको पानीको कारण सिद्धबाबामा पहिरो झरेको हो ।