दक्षिणी चेन्नईमा प्रवासी नेपालीले मनाए गणतन्त्र दिवस

709
views

चेन्नई १५ बैशाख । प्रवासी नेपाली संघ भारतको तमिलनाडु–पुदुचेरी संयुक्त राज्य समिति अन्र्तगतको दक्षिण चेन्नई नगर समितिले १० औ गणतन्त्र दिवश भब्यताका साथ मनाएको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा नेपालमा सम्पन्न पहिलोचरणको स्थानीय तहको निर्वाचनमा पार्टीको जितमा खुशी मनाएका थिए । पर्वतको मोदी गाँउपालिका क्षेत्रका प्रवासी नेपालीहरुले मोदी गाँउपालिकामा भएको नेकपा एमालेको बिजयोत्सवलाई पनि कार्यक्रमसंग जोड्ेका थिए ।
कार्यक्रममा पर्वतको मोदी गाँउपालिका अन्तर्गतका तिलहार, देउपुर, देउराली, बाजुङ्ग, राम्जा, चित्रे लगाएतका आम प्रवासी नेपालीको उपस्थीति रहेको थियो । मोदी गाँउपालिकाबाट निर्वाचित प्रेमप्रसाद पौडेल सहितको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना समेत दिइएको थियो ।
राज्य सदस्य मोहदत्त शर्माको अध्यक्षता र नगर सहसचिव रामचन्द्र पौडेलको भएको कार्यक्रमको व्यस्थापन स्थानिय सिमनचेरी प्रारम्भिक समितिले गरेको थियो । कार्यक्रममा संघका केन्द्रीय सचिव कृष्ण पालुवा प्रमुख अतिथि थिए भने केन्द्रीय सदस्य बेलदास चापगाँई, राज्य उपाध्यक्ष टिकाराम शर्मा, राज्य कोषाध्यक्ष तेजेन्द्रप्रसाद शर्मा र राज्य सदस्य शिवलाल थापा अतिथि थिए ।
कृष्ण प्रसाद चापगाँईको स्वागत मन्तब्य सहित बक्ताहरु रेशम पौडेल, गंगाधर शर्मा, शिव जिसी लगायतका अतिथिहरुले सम्बोधन गरेका थिए । गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने अधिकाँंस बक्ताहरुले गणतन्त्र प्राप्तीको आन्दोलन, संविधान निर्माण र सक्रमणकालिन अवस्था पार गर्दै कार्यन्वयनको चरणमा प्रवेश गरेको वर्तमान अवस्था सहित आन्दोलनको चरणमा प्रवासी नेपालीले पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा रुद्र वहादुर पौडेल, होमबहादुर सुनार, अग्निधर पौडेल, सुजन केसी र उद्धव सहित पाँच जना प्रवासी नेपाली संघमा आवद्ध हुनुभएको थियो ।