रुकुमपूर्वको कुमाखोलामा जीप दुर्घटना

461
views

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने कुमाखोलामा जीप दुर्घटना भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खंलगाबाट रुकुम पूर्वको सिस्ने गाउँपालीका–९ पोखरामा यात्रु पु¥याई रुकुम पश्चिमको बाँफिकोट गाउँपालीका २ पिपल तिर फर्केको लु १ ज ४११५ नम्बरको जीप दुर्घटनामा परेको हो ।

गाडी चालक रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का २५ वर्षीया सुनिल विकलाई तत्कालै प्रहरीले सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । गाडीमा अन्य यात्रु नभएकोले मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए ।