निर्दयी आमाले छाडेको वेवारिशे शिशुको उपचार

672
views

जाजरकोट । जंगलमा बेवारिसे अवस्थामा फालिएको एक शिशुको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । भेरी नगरपालिका १३ कुदुको दानीमारे जंगल हेरालुको रुपमा कार्यरत स्थानीय लालसरी विकले सोमबार जंगलमा बेवारिसे अवस्थामा फालिएको शिशु फेला पारेकी थिईन् ।

सांकेतिक तस्विर


भर्खर जन्मिएको बच्चालाई प्लाष्टिकले बेरेर जंगलमा फालिएको देखेपछि उनले प्रहरी चौकी कुदुमा खबर गरेकी थिईन् । प्रहरीले बच्चालाई तत्काल जीवितै उद्धार गरेर जाजरकोट अस्पताल ल्याएको थियो ।

बेवारिसे अवस्थामा भेटिएको शिशु छोरा रहेको छ । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बच्चा कस्को हो ? र किन जंगलमा फालियो भन्ने पत्ता लाग्न नलागेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबहादुर खत्रीले बताए ।