३५ हजार धरौटी तिर्न नसक्दा गर्भवति किशोरी जेलमा

910
views

दैलेख । १८ बर्षे किशोरी दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका ५ कि १८ वर्षीया एक किशोरीले धरौटी रकम तिर्न नसक्दा जेल बस्नु परेको छ । जबरजस्ती करणीसम्बन्धी जाहेरीलाई आरोपित जोगाउन सरकारी वकिले मुद्दा नै फेरेर बालविवाह बनाइ दिएपछि उनी जेलमा बस्नु परेको हो ।

जिल्ला अदालतले गत साउन ८ गते थुनछेक बहसपछि उनीसँग ३५ हजार धरौटी माग्यो। तर किशोरीको परिवारले धरौटी बुझाउन नसक्दा उनी डेढ महिनादेखि जेलमा बसिरहेकी छन् । विपन्नताका कारण धरौटी बुझाउन नसकेको पारिवारिक स्रोतको भनाइ छ ।

धरौटी तिर्न नसकेकी ती किशोरी गर्भवतीसमेत भएको खुलेको छ। तर किशोरीसँग कथित बालविवाह गर्ने आठबीस नगरपालिका(२ सिगौडीका ३९ बर्षे रामप्रसाद जैसी भने ३५ हजार धरौटीमा जेलमुक्त भएका छन् । उनका पहिले नै ४ छोराछोरी छन् । रामप्रसादले होटलमा बन्धक बनाएर किशोरीसँग जबरजस्ती शारीरिक सम्बन्ध बनाएको उजुरी गत असार १४ गते किशोरीकी आमाले दिएकी थिइन् । त्यसैका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।