दशैंका लागि यातायातको टिकट बुकिङ खुला

477
views

काठमाडौं, ५, असोज । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त बैठकले दशैंको लागि अग्रिम टिकट बुकिङ आजबाट खुला गरेको छ । गएको भदौ २६ गते काठमाडौंमा बसेको संयुक्त बैठकले आजदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो ।

उपत्यकाबाट दशैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले आजदेखि टिकट काट्न सक्नेछन् । यस वर्षको दशैंको टिकटमा भाडादर भने नबढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

“व्यवसायीसँग भएको बैठकले असोज ५ बाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको छ” विभागका महानिर्देशक हमालले भने “अहिलेकै भाडादरमा यात्रुले टिकट काट्न सक्नेछन्,” महानिर्देशक हमालले भने । दशैंमा यात्रुहरुलाई सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी पनि गरिएको छ ।

यस वर्ष दशैंको घटस्थापना असोज १२ गते परेको छ भने असोज १८ गते फूलपाती, १९ गते अष्टमी, २० गते महानवमी र २१ गते विजया दशमी पर्छ ।