साफ यू–१८ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

430
views

काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज आयोजक नेपाल र भुटान भिड्दै छन् । समुह ए मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल काठमाडौं हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा दिउसो तीन बजे हुँदै छ ।

भुटानलाई हराउदै नेपाल सेमिफाइनलमा पुग्ने प्रयासमा छ । समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग एक–एकको बराबरीमा रोकिएका थिए । समुह चरणमा माल्दिभ्स र नेपालको समान एक अंक छ । नेपाल प्रतियोगिताका अघिल्ला दुई संस्करणको विजेता हो ।