पर्वतमा नेटफ्रेस प्राकृतिक स्वस्थ जीवन शिविर

1514
views

सीताराम थापा । नेटफ्रेस कम्पनि प्रा.लि. चितवनले प्राकृतिक ज्ञान ईन्टरटरप्राईजेज बागलुङको सहकार्यमा पर्वतको जलजला गाउँपालिका–५ मिलनचोकमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

प्रशिक्षण शिविरमा बोल्दै नेटफ्रेस कम्पनीका विज्ञ एवं प्रशिक्षक गगन पौडेलले बिशाक्त खाना, हावा, पानी र बिशाक्त औषधी सेवनले घर–घरमा रोगी उत्पादन गरि समाज नै अस्वस्थ भएको बताए । उनले ब्रेन, मुटु, कलेजो, किड्नी, टाउकोमा नसर्ने रोग लागेर मानिस दिर्घ रोगी भई मर्ने अवस्था सृजना भएको बताए ।

नेटफ्रेसका बिज्ञ गोबिन्द हुमागाईले पहिले स्वस्थ भएर २५ सन्तान जन्माउने नेपाली आमाको छोरी आज २ सन्तान जन्माउन चिरफार गर्नुपर्ने अस्वस्थ वातावरण निर्माण भएको बताए । उनले एलोपेथिक औषधी नखान र प्राकृतिक खाना र औषधी प्रतिरोधात्मक क्षमता बढाई स्वस्थ समाज निर्माण गर्ने बताए ।

नेट फ्रेस प्राकृतिक उत्पादन विज्ञ भरत तिमिल्सिनाले प्राकृतिक औषधी वितरणको लागि कानूनी मान्यता नपाएकाहरु गाउँ गाउमा झोला पोकामा औषधि लिएर हिड्ने गरेकालाई नियमन गर्न सुझाए ।

कार्यक्रममा नागरिक अभियान्ता एवं लेखक सीताराम थापाले ७४ जिल्ला पाल्न सक्ने प्रकृतिको खानी धौलागिरीको असिम जडिबुटी, जल, जंगल र जमिनबाट स्वास्थ्य उत्पादन गर्न सकिने बताए ।

प्राकृतिक ज्ञान ईन्टरप्राईज बागलुङका प्रमुख ज्ञानु थापा मगरको सञ्चालन, पुर्व गाविस अध्यक्ष रुद्रलाल शर्माको स्वागत मन्तब्य र जलजला गाउँपालिका वार्ड नं.–५ का अध्यक्ष टुकनाथ शर्माको अध्यक्षतामा संविधान दिवसको सन्दर्भमा स्वस्थ जीवनको विकल्प बिषयक शिबिर सञ्चालन भएको थियो ।