विद्यालयमा शैक्षिक सामाग्री वितरण

1427
views

पर्वत । कुश्मा नगरपालिका-११ का एक परिवारले सोह्र श्राद्धको पुण्य तीथिमा एक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका छन ।

कुश्मा नगरपालिका–११ सिल्मीका स्वर्गीय पिताम्बर शर्मा र माता रत्न कुमारी शर्माको सोह्र श्राद्धको पुण्य तीथिमा सुपुत्र हरि प्रसाद पौडेल र वुहारी लिला दवाडीले रानीस्वाँरा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै विद्यालयलाई फिल्टर प्रदान गरेका हुन ।

स्वर्गिय शर्माकी बुहारी लिला दवाडीको प्रमुख आतिथ्यतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै भिम प्रसाद शर्माले अनावश्यक खर्चमा भन्दा सामाजिक कार्यमा खर्च गर्दा निम्न आयस्तर भएका परिवारलाई समेत राहत हुने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर नेपालीले पौडेल परिवारवाट उपलब्ध शैक्षिक सामाग्री र फिल्टरले विद्यार्थी र विद्यालयलाई सहयोग पुगेकोमा धन्यवाद दिदैं विद्यालयप्रति देखाएको सहयोगी भावना निकै स्रहानीय रहेको बताए ।

कार्यक्रममा प्रधानाध्यापक सुरेन्द्र पौडेललले सहयोगी पौडेल परिवारले विद्यार्थी र विद्यालयप्रति देखाएको सदभावले स्वर्गीय पिताम्बर शर्मा र स्व.रत्न कुमारी शर्माको वास्तविक सम्झना भएको उल्लेख गरे

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिम प्रसाद शर्मा, प्रधानाध्यापक सुरेन्द्र पौडेल र लिला दवाडीले शैक्षिक सामाग्री वितरण गरेको कार्यक्रमको स्वागत तथा सञ्चालन झलक सुवेदीले गरेका थिए ।