प्रगतीशिल लेखक संघको ६८ औँ स्थापना दिवश : श्रष्टाको सिर्जना विकासवादी हुनुपर्नेमा जोड

1124
views

निर्मल पौडेल
पर्वत ,६, असोज । प्रगतीशिल लेखक संघको ६८ औँ स्थापना दिवशको अवसरमा पर्वतमा राष्ट्र निर्माणमा श्रष्टाको भुमिका विषयक वहश तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पर्वत जेसिसको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी राजनैतिक तथा सामाजिक व्यक्तित्वहरुको विचमा मुख्य वहससंगै अन्य कलमप्रेमी श्रष्टाहरुको भुमिकाका विषयमा वृहत छलफल गरियो ।

प्रगतिशिल लेखक संघ पर्वतको आयोजनामा गरिएको वहस कार्यक्रममा जिल्लामा रहेर लामो समयदेखी सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान दिएका सत्तापक्ष र विपक्ष नेताहरुको बिचमा वहस गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता गोविन्द पहाडी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महासमिति सदस्य वसन्त कुमार सिकेको विचमा अन्य श्रष्टा तथा लेखक पत्रकारहरुको विचमा वहश भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर वि पौडेलले श्रष्टाहरुका सिर्जना समाज र परिवर्तनका लागि हुनुपर्नेमा जोड दिए । उनले श्रष्टाहरुले कलम चलाउँदा सकरात्मकता र परिवर्तनका लागि योगदान पुर्याउन भूमिका खेल्ने हुनुपर्ने बताए ।

वहसमा ज्ञान चेतना र जागरणको सृष्टिकर्ता नै सर्जक भएको बताउँदै सत्तारुढ दलका नेता गोविन्द पहाडीले भने ‘वतमान परिप्रेक्षमा भ्रष्टाचारले चरम सिमा नाघिरहेकोले श्रष्टाहरुले कलम मार्फत सचेतना जगाउनुपर्नेमा जोड दिए ।

पहाडीले दिगो विकासको लक्ष्य हासिल सँगै सुखी नेपाली समृद्ध नेपालको निर्माण गरी आम नेपाली जनताको जीवनस्तर उकास्नुपर्नेमा कलम चल्नुपर्ने बताए । उनले संस्कृति र सभ्यता निर्माण गर्ने पक्षमा श्रष्टा तथा सर्जकहरु हुने भएकोले परिर्वतनकामी, प्रगतिशिल र विकासवादी सिर्जनाहरु श्रष्टाहरुले जन्माउनुपर्नेमा जोड दिए ।

वहसमा बोल्दै महासमिति सदस्य बसन्त बहादुर सिकेले साहित्यलाई साहित्य तथा सिर्जनाको रुपमा नराखी समाज परिवर्तनको सम्वाहकको भूमिका निभाउनुपर्ने बताए ।

सिकेले राज्यले अवलम्बन गरेको नीतिका कारण श्रष्टा तथा सिर्जनाहरुले स्थान पाउन नसकेको बताउँदै भने ‘हामीले श्रष्टाको सोंचलाई राज्यको चौतर्फी विकाससँग जोड्नुपर्ने थियो तर, वर्तमान राजनीतिक दलका कारण श्रष्टा र सिर्जनाहरु पनि ध्रुविकरणको बाटोमा वहन पुगे ।’

यस्तै कार्यक्रममा सरल कवि शान्तिनारायण श्रेष्ठले राज्यले श्रष्टा र सिर्जनाहरुको उचित मुल्याँकन नगरेकोमा चिन्ता व्यक्त गर्दै झोलेहरुको हावीले श्रष्टाहरुको अधोगति हुन पुगेको बताए । उनले श्रष्टाको परिचय नै नभएका चैते श्रष्टाहरुको हावी बढ्दै गएको र परिवर्तनकारी सिर्जनाहरु ओझेलमा परेको बताए ।

यस्तै पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले साहित्य र सिर्जनाको उचित मुल्याँकन नहुँदा समाज परिवर्तनको सवालमा धिमा गति पैदा भएको बताए । पहाडीले जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि भन्ने मान्यताका आधारमा श्रष्टा र सिर्जनाको भुमिका आवश्यक रहेको बताउँदै समाज परिवर्तनको संवहाक श्रष्टाको उचित मुल्याँकन हुनुपर्नेमा जोड दिए । उनले श्रष्टाहरुका सिर्जनाले समाज र राष्ट्रको परिवर्तनमा मुख्य भूमिका खेल्ने भएकोले श्रष्टाको सिर्जनाले जेल जानुपर्ने अवस्था हुन नहुने बताउँदै सिर्जनाको मुल्य श्रष्टाको कलममा भरपर्ने बताए ।

कार्यक्रममा अन्य श्रष्टाहरुले अमुल्य सिर्जनालाई मुल्यवान बनाउन जोड दिदैं परिवर्तनका लागि श्रष्टाहरुले बलिदानीको समाज र राज्यले उचित मुल्याँकन गर्न नसेकेकोमा चिन्ता प्रकट गरे ।

कार्यक्रममा पर्वतका साहित्यकार ईन्द्र कुमार विकल्प, नेकपा प्रदेश कमिटी सदस्य मेघनाथ सुवेदी, प्रध्यापक शिव प्रसाद शर्मा, लेखनाथ उपाध्याय, युवा साहित्यकार निर्मल पौडेल ‘एन पी घायल’ लगायतका अग्रज तथा अन्य श्रष्टाहरुको उपस्थिति रहेको थियो ।

प्रगतिशिल लेखक संघ पर्वतका अध्यक्ष किशोर मनस्विको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेशका केन्द्रिय सदस्य अर्जुन निरजन पौडेल, जेसिस पर्वतका अध्यक्ष मोहन आचार्यले मन्तवय व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रलेश पर्वतका सचिव याम पौडेलले गरेका थिए ।