पहिरोले पुरिएका ओभरसियर राईको मृत्यु

1212
views

पर्वत,६ असोज । निर्माणाधिन पोखरा वाग्लुङ्ग सडक खण्डको खरेहामा पहिरोले पुरिएका २१ बर्षिय ओभरसियर कमल राईको मृत्यु भएको छ । मोरङ वेलवारी नगरपालिका वडा नं २ घर भएका राई आज विहान सडक निर्माणका चरणमा पहिरोले पुरिएका थिए ।

कुश्मा नगरपालिका वडा नं ७ मा पुरिएका राइलाई उपचारका लागि अस्पताल ल्याइएपनि उनको अस्पताल ल्याउनु पूर्व नै मृत्यु भएको जिल्ला अस्पताल पर्वतका अहेव विजय घर्तिमगरले जानकारी दिए ।