सर्दीमा २० केजीको गोही भेटियो

828
views

नवलपरासी, ६, असोज । नवलपरासीको विनयी त्रिवेणी–४ सर्दीमा आइतबार साँझ गोही फेला परेको छ । डम्मेर खोलामा भेटिएको गोही २० केजीको छ ।

गोही स्थानीयले फेला पारेका हुन् । नारायणी नदी किनारमा पाइने गोही खोलामा भेटिएको हो । फेला परेको गोही स्थानीयले डिभिजन वन कार्यालय कावासोतीको जिम्मा लगाएइएको छ । उक्त गोही खोलामा कसरी गयो भन्ने विषयमा अनुसन्धान गरिएको छ ।