दशैंमा नयाँ नोट नदिने राष्ट्र बैंकको निर्णय

733
views

काठमाडौं, ६, असोज । यस वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई दशैमा नयाँ नोट वितरण गर्न बन्द गर्ने निर्णय गरेको छ । करोडौं रकम खर्च गरेर छापिएको नोट दशैंमा असावधानीपुर्वक प्रयोग गर्दा नोटको आयु घट्ने भएको भन्दै राष्ट्र बैंकले यसो गर्ने तयारी गरेको बताएको छ ।

बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले दशैमा नयाँ नोट वितरण गर्दा हिफाजत नहुने र नोट बिग्रिएर देशलाई नै ठूलो धनराशी क्षती हुने भएकोले यस्तो योजना बनाइएको बताए । निरौलाले अगाडि भने वर्षमा ३ अर्बमाथि नोट छपाई मैं खर्च हुने गरेको छ ।