अमेरिकी राजदुत बेरी र देउवाको भेट

1164
views

काठमाडौं, ९ असोज । प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा समसामयिक राजनीति र द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको देउवाका सहयोगी भानु देउवाको भनाई छ ।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखि देखिको विकास साझेदारी प्रभावकारीरुपमा अघि बढाउने विषयमा छलफल भएको थियो ।