मोदी समुहलाई नौमती वाजा प्रदान

1909
views

निर्मल पौडेल
पर्वत, १३, असोज । सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित फोर स्टार गु्रप पाङराङले मौलिक लोक संस्कृतिको उत्थान गर्ने लक्ष्यका साथ मोदी वाजा समुहलाई नौमती वाजा प्रदान गरेको छ । फलेवास नगरपालिका–११ मा एक औपचारिक कार्यक्रमको आयोजना गरी घटस्थापनाको दिन पारेर नौमती प्रदान गरेको हो ।

कार्यक्रममा फ.न.पा. ११ पाङराङका वडाअध्यक्ष जितवहादुर सुनार शेर वहादुरले प्रदेशमा रहेर पनि आफ्नो गाउँगाउँको सामाजिक विकास र कार्य गर्ने उद्देश्यले स्थापित ग्रुपले मौलिक कला तथा संस्कृतिलाई उजागर तथा प्रत्सोहान गर्ने भन्दै गाउँको मोदी वाजा समुहलाई नौमती प्रदान गर्नु मातृभुभि प्रतिको दायित्व संगै युवाहरुमा गाउँठाउँको अथाह प्रेम भएको वताए ।

कार्यक्रममा गु्रपका संयोजक राजुजङ्ग कुवँरले प्रदेशमा रहेरपनि आफ्नो गाउँठाउँको सामाजिक कार्यसंगै संस्कार संस्कृतिको विकास र उत्थानमा हरपल आफ्नो ग्रुप लागिपर्नेमा जोड दिए ।

कार्यक्रममा सिद्द मावि व्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद पाठक, नेपाल शिक्षक संघ पर्वतका पुर्ब उपाअध्यक्ष कृष्णा पाठक नेपाली काँग्रेसका जिल्ला सदस्य मान वहादुर भुषाल, नेकपा वडा कमिटीका अध्यक्ष तुलसी कुँवर नेपाली काँग्रे्रेस जिल्ला सदस्य माया पाठक, नेपाल तरुण दल फलेबास न.पा. उपाध्यक्ष वडा सदस्य टेक वहादुर पाठक लगायतले वोलेका थिए ।

फोर स्टार ग्रुपका कार्यकारी सदस्य आत्माराम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका सदस्य राजु उप्रेतीको शुभकामना मन्तव्य र ग्रुपका सल्लाहकार सन्तोष पाठकले गरेका थिए ।