महराले दिए सभामुख पदबाट राजीनामा

1142
views

काठमाडौं, १४, असोज । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । महराले मंगलबार उपसभामुख समक्ष राजीनामा दिए । संसदकै एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि उक्त आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस् भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् ।

मंगलबार बिहान बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन आग्रह गरेको थियो । महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन् ।