मानव सेवा आश्रमका अनाथलाई सहयोग

1072
views

निर्मल पौडेल
पर्वत, १४, असोज । जिल्ला वाल संजाल वाग्लुङकी पुर्व अध्यक्ष तथा धौलागिरी वहुमुखी क्याम्पस वि एड् चौँथो वर्षमा अध्ययनरत विद्यार्थी सुरक्षा खड्काले आश्रमका अनाथलाइ सहयोग गरेकी छिन् ।

आफ्नो २१ औँ शुभ जन्मोत्सवको अवसरमा मानव सेवा आश्रम वाग्लुङका अनाथहरुलाई सहयोग गरेकी छन् । वि एड् चौँथो वर्ष अध्ययन अनुसन्धान समुहकी सचीव समेत रहेकी खड्काले जन्मदिनमा गरिने फजुल खर्च कटाएर सोमवार आश्रममानै पुगी करिव ३३ जना अनाथहरुलाई दिवा खाजा तथा फलफुल वितरण गरेकी हुन् ।

सानै उमेरवाट समाजसेवा र मानवसेवामा क्रियाशिल खड्काले आश्रितहरुलाई उक्त सहयोग प्रदान गर्दै घरवार विहिन तथा अशक्त अवस्थामा रहेकाहरु लाई गर्ने सहयोग सानो भएपनि सेवा र धर्म हुने मनसायले आफुँले सक्दो सहयोग गरेको वताइन् । आफुले सक्ने भएर नभई थोरै भएपनि सेवा हुन्छ भनेरनै यहाँ आएकी हुँ ।

खड्काले अगाडी भनिन् “यस्तै अनाथ र असायहरुलाई हुनेखानेले आएर सहयोग गरे उनीहरुलाई मन्दिर गएर नभई वास्तविक धर्म यहाँ हुन्छ” । आश्रम सञ्चालन गर्न पनि सहज हुनेथियो । यसैगरी उक्त कार्यक्रममा धौलागिरी वहुमुखी क्याम्पसका उपप्रध्यापक शिव पौडेलले विधार्थी खड्काले गरेको कार्य निकै सह्रानिय भएको भन्दै उनको सेवा भावना वाट सवैले प्रेरणा लिनुपर्ने वताए ।

आश्रम सञ्चालक सदस्यहरु अन्य विद्यार्थीहरु लगायतको उपस्थिती रहेको सहयोग प्रदान कार्यक्रमको सहजिकरण धौलागिरी वहुमुखी क्याम्पस वि एड् चौँथो वर्ष अध्ययन अनुसन्धानका कोषाध्यक्ष लक्ष्मण पौडेलले गरेका थिए ।