खुद्रा पैसा लिन सर्वसाधारणको भिड

713
views

बेनी, १५, असोज । बेनीमा रहेको नेपाल बैंकमा खुद्रा पैसा लिन सर्वसाधारणको घुईचो लागेको छ । दशैंका लागि आवश्यक पर्ने खुद्रा पैसा लिनका लागि नेपाल बैंक लिमिटेड बेनी शाखामा सर्वसाधारणहरु दिनभर लाइनमा बस्ने गरेका छन ।

तस्विर ठाकुरप्रसाद आचार्य


खुद्रा पैसा लिन आएका सर्वसाधारणहरुले सहज रुपमा खुद्रा पैसा नपाएको गुनासो गर्दै लाईनमा ठेलमठेल गरी बस्नुपरेको बताए ।

नेपाल बैंक लिमिटेडले भने खुद्रा पैसा लिन आएका सर्वसाधारणहरुलाई सहज रुपमा खुद्रा पैसा उपलब्ध गराएको छ । यता पर्वतमा रहेको नेपाल बैंक लिमिटेड र अन्य बैंकहरुमा पनि तलव लिने र खुद्रा पैसा साट्न आउनेहरुको भिड नै लागेको छ ।