झुलाघाट नाका तीन दिन बन्द हुने

736
views

बैतडी, १६, असोज । नेपाल–भारत सीमानामा रहेको बैतडीको झुलाघाट नाका तीनदिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा असोज १८ गते जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनका लागि सुरक्षा संवेदनशीलताको कारण जनाउँदै आजदेखी तिनदिनका लागि सीमानाका बन्द हुन लागेको हो ।

आज साँझ ५ बजेदेखि १८ गते साँझ सवा ५ बजेसम्म तीन दिन अन्तराष्ट्रिय सिमा (पुल) बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

असोज २८ गते भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ । उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाईएको छ ।