दाङमा गोली लागेका नेपाली सेनाको मृत्यु

585
views

दाङमा गस्तीका क्रममा गोली लागेर घाईते भएका नेपाली सेनाका किशन थापाको निधन भएको छ । निर्वाचन सुरक्षाका लागि हतियारसहित गस्तीमा गएको टोलीमा दाङको राजपुरमा गोली लागेर घाइते भएका थापाको निधन भएको हो । रिपुमर्दन गणका गणपति राजन खडकाले घाइतेको राप्ती उपक्षेत्रीयमा अस्पताल घोराहीमा लगिएको बताउनु भएको थियो । उहाँका अनुसार घटनाको वारेमा अनुसन्धान भइरहेको छ ।