मिस्टर एण्ड मिस कास्कीको उपाधि कल्शन र स्नेहालाई

820
views

पोखरा । बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ पोखरामा आयोजित मोडलिङ रियालिटि सो ‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९’ को उपाधि कल्शन गुरूङ र स्नेहा गुरूङले जितेका छन् ।

विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित सुजुकि स्कुटर सगै नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरेको आयोजक जनाएको छ ।

त्यस्तै प्रतियोगिताको फस्ट रनरअप रोशन नेपाली भएका छन । नेपालीले क्राउन सहित नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्रदान गरिएको कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिइन् ।

त्यस्तै प्रतियोगिताको सेकेण्ड रनरअप निशा नेपाली भएकी छन । उनले क्राउन सहित नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरेकी छन ।

पोखराको आयोजनमा आयोजित ग्राण्ड फिनालीमा विभिन्न चरणमा प्रतिष्पर्धा गराई आठजना जनाले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।