दौड प्रतियोगिता सम्पन्न

619
views

नुवाकोट । ६४ औँ प्रहरी दिवस २०७६ को अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आयोजना गरेको तीन किलोमिटर प्रहरी दौड प्रतियोगीता सम्पन्न भएएको छ ।

प्रतियोगितामा प्रथम प्रहरी जवान अनिल महत क्षेत्री, प्रहरी सहायक निरीक्षक सुदिप थापा द्वितीय र प्रहरी सहायक निरीक्षक गजेन्द्र प्रसाद यादव तृतीय भएका छन् ।

उक्त दौड प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले सहित ३५ जना प्रहरीले सहभागिता जनाएका थिए ।

प्रतियोगिता पश्चात प्रहरी उपरीक्षक अबि नारायण काफ्लेद्धारा प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य राम्रो बनाउन दौड तथा व्यामको आवश्यकता रहेको बताए ।