इंग्ल्यान्ड चेक रिपब्लिकसित पराजित

714
views

काठमाडौं, २५, असोज। युरोकप फुटबल छनोटको खेलमा चेक रिपब्लिकले इंग्ल्यान्डलाई २–१ ले हराएको छ । शुक्रबार राति चेक रिपब्लिकमा भएको समूह ‘ए’को खेलमा घरेलु टोलीलाई विजयी गराउन ज्याकोब ब्राबेक र जेनेक ओन्द्रासेकले एकरएक गोल गरे ।

इंग्ल्यान्डका ह्यारी केनले खेलको पाँचौं मिनेटमै पेनाल्टीमार्फत् पहिलो गोल गरेपनि अग्रता जोगाउन नसक्दा टोलीले युरोकप छनोटमा पहिलो हारको सामना गर्नुर्पयो । समूह ‘ए’कै अर्को खेलमा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेलेका छन् ।

रोनाल्डोको ७०० गोल

युरोकप छनोटअन्तर्गत् समूह ‘बी’को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–० ले हराउँदा युक्रेनले लिथुआनियामाथि २–० को जित निकालेको छ ।

पोर्चुगलको जितमा एक गोल गरेका क्रिश्चियानो रोनाल्डोले देश र क्लबका लागि आफ्नो करियरमा गरेको गोल संख्या ७०० र्पुयाएका छन् ।

युरोकप फुटबल छनोटकै अर्को खेलमा फ्रान्सले आइसल्यान्डलाई १–० ले हराउँदा टर्कीले अल्बानिया तथा एन्डोराले माल्दोभालाई समान १–० गोलको अन्तरमा हराएका छन् ।