सी आउँदा साढे २ घण्टा विमानस्थल बन्द

640
views

काठमाडौं, २५, असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा उत्रिने समयमा साढे दुई घण्टा विमानस्थल बन्द हुने भएको छ ।

विमानस्थलको नागरिक उड्डयन कार्यालयले भीभीआईपी मुभमेन्टका लागि भन्दै दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि ‘नोटिस टु एयरम्यान’ (नोटाम) जारी गरेको छ ।

आइतबार पनि सी फर्किने समयममा साढे २ घटाका लागि उडान अवतरण बन्द गरिने छ । आइतबार ११ः२० देखि १ः५० बजेसम्मका लागि नोटाम जारी भएको छ ।

नोटामले उडान तालिका प्रभावित भए पनि त्यसबाहेकको समयममा दुई दिन २४ घण्टा नै विमानस्थल सञ्चालनमा रहने कार्यालयले जनाएको छ ।