चिनियाँ राष्ट्रपतिलाई ‘गार्ड अफ अनर’ प्रदान

531
views

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चीङफिङलाई नेपाली सेनाको विशेष टुकडीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा गार्ड अफ अनर प्रदान गरेको छ । समकक्षी सीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गरेपछि नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको हो ।

नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका सी को स्वागतमा प्रधानमन्त्री केपि शर्मा वली पनि उपस्थित रहेको छ । चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन् । उनी एयर चाइना मार्फत नेपाल आएका हुन् ।