काबुलमा शक्तिशाली बम हमला, ८० जनाको मृत्यु

678
views

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा कम्तिमा पनि ८० जनाको मृत्यु भएको छ भने अन्य ३२० जना घाइते भएको जनाइएको छ ।
जर्मन दुतावास नजिकै भएको सो हमलामा ठूलो संख्यामा हताहती भएको हो । यो इलाकामा नै अधिकांश दुतावासहरु रहेका छन् । हमलामा परी घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
बिस्फोटलगत्तै काबुलको आकाशमा अँध्यारो छाएको थियो भने सय मिटर आसपास रहेका घरहरुमा नोक्सानी पुगेको छ । प्रहरीले विस्फोट भएको सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
पछिल्लो केही समयदेखि अफगानिस्तानमा यस्ता विस्फोटका घटनाहरुमा वृद्धि भएपछि सुरक्षा चिन्ता थप गहिरिएको छ ।
यसै महिनाको सुरुमा अमेरिकी दुतावासनजिकै नेटो सुरक्षा समूहलाई लक्षित गरी गराएको विस्फोटमा ८ जनाको मृत्यु भएको थियो ।