स्वदेश फर्किए चिनियाँ राष्ट्रपति

482
views

काठमाडौं, २६, असोज । २३ र्षपछि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकिय भ्रमण सकेर आइतबार अपरान्ह स्वदेश फर्किएका छन् । सोल्टी होटेलमा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रमा हस्ताक्षर कार्यकम सकिएपछि सी २ बजे विमानस्थल पुगेका थिए ।

सीको विमान अपरान्ह २ः५६ बजे उडेको थियो । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत लगायतका विशिष्ट व्यक्तित्वहरुले विदाइ गरेका थिए ।

उनलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने विमानस्थलमा नेपाली कला र संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको थियो । शनिबार अपरान्ह पौनै पाँच बजे विशेष विमानमा काठमाडौं ओर्लिएका सीले २१ घन्टा व्यस्त तालिकाबीच नै बिताएका थिए ।