काठमाडौंमा चिनियाँ राष्ट्रपतिका २१ घण्टा

580
views

काठमाडौं । २३ वर्षपछि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौंमा २१ घन्टाको ऐतिहासिक क्षण विताए । शनिबार अपरान्ह पौनै पाँच ५ः१० बजे विशेष विमानमा काठमाडौं ओर्लिएका सी ले २१ घन्टा काठमाडौंको बसाईपछि आइतवार २ बजे फर्किए ।

उनको स्वागत तथा सम्मानका लागि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्तित्वहरुले विमानस्थल पुगेका थिए । शनिबार बेलुका नै राष्ट्रपति सीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । आइतबार बिहानदेखि नै राष्ट्रपति सी उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता गरेका थिए । दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका थिए । वार्तापछि १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।