सभापति कोइरालाद्धारा नमुना कृषि फार्मको निरीक्षण

559
views

पोखरा, २७ असोज । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि कृषि फार्मको निरिक्षण गरेका छन । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कास्कीको रुपा गाउँपालिका वडा नं–३ पोल्याङको नमुना कृषि गाउँको अवलोकन गरेका हुन ।

गण्डकी प्रदेशका ३६ वटा गाउँलाई नमुना कृषि गाउँको रुपमा विकास गर्ने गरि २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको औपचारीक रुपमा शुरुवात गरेको थियो ।

प्रदेश सांसदको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमुना कृषि गाउँ’को रुपमा विकास गर्ने गरी गण्डकी प्रदेशमा अहिले ३६ वटा निर्वाचन क्षेत्रमा ३६ वटा वातावरणमैत्री कृषि फार्म सञ्चालन भएको छ ।

कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङमा रहेको वातावरण मैत्री फार्म सांसद कोइरालाको सिफारिसमा गण्डकी प्रदेशको भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोगमा फार्म सञ्चालनमा आएको हो । सभापति कोइरालाले स्थानीयलाई फार्ममा पुर्वाधार निर्माण भएकोले अब ब्यवसायिक उत्पादनमा लाग्न आग्रह गरे ।

सांसद कोइरालाले किसानलाई परेको समस्या के छन भन्ने जिज्ञासामा किसानहरुले प्राविधिकको समस्या भएको बताएका थिए । प्राविधिक नहुदा आफुहरुलाई समस्या भएको पुर्वाधारको कामपनि केही पुरा हुन बाँकी रहेको किसानहरुको भनाई रहेको थियो । सांसद कोइरालाले मन्त्रालय संग समन्वय गरेर केही दिनमा प्राविधिक पठाउने बताए ।

रुपागाउँ पालिकाका अध्यक्ष नवराज ओझाले अवलोकन पछि फार्म व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गरे । आफुहरु बेला बेलामा निरिक्षणमा आउने बताउदै अध्यक्ष ओझाले अन्य ठाउँको भन्दा राम्रो फार्म सञ्चालन गर्न अनुरोध गरे ।

त्यहाँ दुई समुहले बंगुर पालन संगै प्लाष्टीक घर भित्र गोलभेडा खेती गर्दे आएका छन ।