अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो महाधिवेशन सम्पन्न

981
views

पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो महाधिवेशन पैंयु गाउपालिकामा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनमा पुरन गिरी अध्यक्षता निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा झलक केसी, उपाध्यक्ष पर्शुराम पौडेल, उपाध्यक्ष इश्वर जोशी, उपाध्यक्ष गोबिन्द पौडेल र महिला उपाध्यक्षमा दिपिका भुसाल निर्वाचित भएका छन ।

समाजको महासचिव गुणराज शर्मा, सचिवमा सुजन जोशी, सचिव शेषराज तिमिल्सिना सचिव, प्रकाश पौडेल, कोषाध्यक्ष बिनोद पुरी, सह–कोषाध्यक्षमा किरण पुन निर्वाचित भएका छन ।

अन्तराष्ट्रिय पर्वत समाजको सदस्यहरुमा रमेश काफ्ले (जापान), हरिप्रसाद पराजुली (जापान), दुर्गा गुरुङ (बेल्जियम) रघुनाथ शर्मा (कतार), विकास लामिछाने (कतार), राजु भुर्तेल (युएइ), तिलक कुँवर (युएइ), दिपक कुँवर (बहराइन), किरण अर्याल (नेदरल्याण्ड) सुसान परियार (पोल्याण्ड) निर्वाचित भएका छन ।

अन्तराष्ट्रिय पर्वत समाजले महादेशीय संयोजकहरु पनि तोकेको छ । मध्यपुर्वमा कमल लामिछाने, एशीया प्रसान्तमा इन्दिरा तिवारी, उत्तर अमेरिका गोपल चन्द्र लामिछाने, युरोप दर्शन गुरुङ र प्रवक्ता मणि भुर्तेललाई निर्वाचित गरेको छ । अन्तराष्ट्रिय पर्वत समाजको नेपाल प्रतिनिधिमा मुना भुषाल निर्वाचित भएकी छिन । समाजले कानुनी सल्लाहकारमा केशव राज पुरीलाई चयन गरेको छ ।

महाधिवेशनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संबोधन गरेका थिए ।