मृत अवस्थामा भेटिएकी जिसीको रहष्यमय मृत्यु

774
views

पर्वत, २९, असोज । पर्वत जलजला गाउँपालिका–५ लेखफाँटकी १७ बर्षिय विजु जिसीलाई बाग्लुङ्ग–३ गुठीका ३४ बर्षिय असिम खड्काले दुई महिना अगाडी माग्न गए । पेशाले शिक्षिका रहेकी जिसीकी आमाले नाबालिका भनेर उनीहरुको बीचमा विवाह गर्न अस्विकार गरिन् । विहे अस्विकार भएको केही समयपछि असिमका घरपरिवार पून जिसीकै घरमा गई केटीलाई ललाई, फकाई, प्रलोभनमा पारी माईती आमालाई जानकारी नै नदिई भगाएर बिहे गरेको विजुका आफन्तले बताए ।

छोरी हराएपछि उनको खोजतलास भएको र नभेटिएकोले यहि असोज मध्यमा असिम खड्काकै घरमा गएको माईती परिवारलाई थाहा हुन्छ । विजुलाई असिमले विवाह गरेको थाहा पाएपछि माईति परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा बालविवाह विरुद्धमा उजुरी दिएको विजुका आफन्त हिरा बहादुर जिसीले बताए । जिसीले भने ‘छोरीको बालविवाह भो, हामीले उजुरी दिएका थियौं तर एक्कासी विजु मृत अवस्थामा कालीगण्डकीमा भेटिएपछि घटना रहष्यमय बनेको छ ।’

यहि असोज १७ गते देखि हराएकी विजु जिसी पर्वतको बिहादी गाउँपालिका वडा नं १ बाच्छामा पर्ने कालीगण्डकी किनारमा माछा मार्न गएका स्थानियले मृत अबस्थामा फेला पारी स्थानीय एक विद्यालयमा खबर गरेका थिए ।

विजुको माईतीघर पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ५ लेकफाँटको गैरागाउँ हो । भागी बिबाह गरेको र केटीको उमेर समेत नपुगेका कारण बिबाह दर्ता समेत भएको छैन । म

ाइती पक्षले छोरीलाई मानसिक र शारिरीक दबाब दिदै आएकोले घटना घटेको दाबी गरेको छ । अहिले मृतक जिसीको शबको जिल्ला अस्पताल पर्वतमा पोष्टर्माटम समेत भईसकेको छ ।