तिब्रिकोट सहकारीको ८ औ साधारण सभा

892
views

गोबिन्द तिमिल्सिना
हेमजा, ३०, असोज । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेको तिब्रिकोट सामुदायीक कषि सहकारी सस्था लिको ८ औ साधारण सभा बुधबार हेमजामा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले यो सहकारीमा पुरुषको भन्दा महिलाको संख्या बडि भएको हुदा अब केहि पुरुषले आफना धरका परिवारका महिला सदस्यमा नाम सारि गर्न सुझाब दिए । महिलाहरुको सहकारीमा बिभिन्न ठाउँबाट सहयोग आउने र सहकारी मर्ज हुने स्थीतिमा पनि कोसै संग मिल्नु नपर्ने बताए ।

कार्यक्रममा कृषि सेवा केन्द्र हेमजाका प्रमुख पुष्पा नेपाली, गौरीसंकर बचत तथ ऋण सहकारीका अध्यक्ष केसबशरण पौडेल, हेमजा बचत तथ ऋण सहकारीका अध्यक्ष होतराज त्रिपाठी, देबिस्थान कृषि सहकारीका अध्यक्ष सालिकराम बाँस्तोला, सलाहाकार दान ब. थापा, बसन्त बाँस्तोला, सदस्य नारायणी रेग्मी र खिमलाल त्रिपाठी लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

उपाध्यक्ष बिष्णु कुमारी श्रेष्ठले स्वगत गरि सुरु गरेको कार्यक्रममा शिक्षा उप समिति संयोजक बलराम पौडेलले सहकारीका सात सिदान्त बाचन गरेका थिए । उक्त अबसरमा उत्कृष्ट कारोबार गरेकोमा लिलाबती बराल, टोपली त्रिपाठी, गिता पौडेल उपाध्यायलाई सम्मान गरिएको थियो । त्यस्तै कक्षा १२ पास हुने जोती त्रिपाठी, रिसम खड्का, बिनोद पौडेल र सुसिल त्रिपाठीलाई पनि सम्मान गरियो ।

सस्थाका अध्यक्ष मदुसुदन त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब श्रीराम त्रिपाठीले गरेका थिए ।