नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी

757
views

काठमाडौं । नेकपा सांसद पार्वत गुरुङलाई ‘ज्यानमार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । मुद्दा दर्ता भएको एक वर्षपछि पक्राउ पुर्जी (वारेन्ट) जारी भएको हो । गुरुङलाई पक्राउ पुर्जीको म्यादसमेत बुझाइएको छ । जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी दोलखा जिल्ला अदालतमा पठाइएको हो ।

वीरध्वज खड्काको जाहेरीले नेपाल सरकार वादी भएको उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गुरुङसहित सात जनाविरुद्ध ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । अभियोग पत्रमा गुरुङ फरार रहेको भन्दै पक्राउ पुर्जी जारी गर्न मागसहिते ०७५ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

स्थानीय तहको निर्वाचनका क्रममा गौरीशंकर गाउँपालिका–२, जुँगुका कुलबहादुर तामाङको हत्याको केससँग जोडेर राजनीतिक प्रतिशोध साँध्न जाहेरी हालिएको गुरुङले बताएका छन । ०७४ वैशाख २६ गते राति तत्कालीन नेकपा माओवादी र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा ३३ वर्षीय तामाङको मृत्यु भएको थियो । गुरुङले यो मुद्दा राजनीतिक भएको र आफु निर्दोष भएको बताएका छन ।