क्रान्तिकारी माओवादी पश्चिम ब्यूरोको प्रशिक्षण

909
views

बर्दिया, ३०, असोज । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम ब्यूरोको प्रशिक्षण कार्यक्रम बर्दियाको भुँरीगाउँमा सुरु भएको छ । पश्चिम ब्यूरो अन्तर्गत ५ नं. प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा कार्यरत जिल्ला सचिवालय सदस्यसम्मको सहभागितामा बुधबारबाट प्रशिक्षण सुरु भएको छ ।

दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा पार्टीको वैचारिक, राजनीतिक तथा सांगठानिक विषयमा पार्टी महासचिव किरण’ र पार्टी स्थायी समिति सदस्य तथा ब्यूरो इन्चार्ज राजवीरले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

बुधबार विहानबाट सुरु भएको प्रशिक्षण कार्यक्रम बिहीबार दिउसोसम्म चल्ने बताइएको छ । प्रशिक्षण कार्यक्रममा तीनवटै प्रदेशमा कार्यरत पार्टी पीविएमहरु र सिसिएमहरुको समेत उपस्थिति रहेको छ । पार्टी महासचिव किरण, व्यूरो इन्चार्ज राजवीर लगायतका नेताहरुलाई टीका र माला लगाएर कार्यक्रममा भव्य स्वागत गरिएको थियो ।