एनआरएनएको मतगणना जारी, पन्तको अग्रता

424
views

काठमाडौं १, कार्तिक । बिहीबार राति ११ बजेदेखि शुरु गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना जारी छ । निर्वाचन आयुक्त शिव रिजालका अनुसार रातिदेखि अफ्रिका र ओसिएनको मतगणना जारी छ ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो ।

एनआरएनएको नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्यानलबीच प्रतिस्पर्धा छ । केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । पछिल्लो परिणाम अनुसार कुमार पन्तको प्यानलले अग्रता लिएको छ ।