विप्लव माओवादीप्रति सरकार झनै आक्रमक

धरौटीमा छाडिन्छन् गेटबाट पक्रिन्छन

546
views

काभ्रे, ७, कातिक । प्रतिबन्धित बिप्लव समूहका तीनजना नेतालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मध्यरातमा पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले पनौती वडा न ९ शंखुबाट ३० बर्षीय जिल्ला नेता सुन्तली थोकर र रोशी गाउँपालिकाको वडा न ३ शिखरआम्बोटेबाट ३१ बर्षीय कृष्णबहादुर मगर र रोशी गाउँपालिका वडा न ५ सिसाखानीबाट ३० बर्षीय आशामान तामाङ पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका कृष्णबहादुर विप्लपको जिल्ला सदस्य तथा आशामान माओवादीका पुराना नेता रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गिरीले बताए । पक्राउ परेकी सुन्तली थोकरले आफू काभ्रे जिल्ला सेक्रेटरी रहेको प्रहरीलाई बताएकी डीएसपी गिरीले बताए ।

उनले तीनै जनाको अनुसन्धान भइरहेको बताए । काभे्रका प्रतिबन्धित विप्लव समूहको गतिविधी बढेको खबर आएसँगै प्रहरीले जिल्लाभर उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरेको छ । केही महिना अगाडि काभ्रेको खानीखोला गाउँपालिकाको मिल्चेबाट केन्द्रीय नेता हेमन्तप्रकाश वली सहित नौ जना नेता प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेका विप्लवका नेता कार्यकर्ता अदालतले धरौटीमा रिहा गरेपनि प्रहरीले गेटबाट पक्राउ गरी पून कारागार चलान गर्दै आएको छ ।