वुमन्स च्याम्पियन्स लिगको उपाधिका लागि काठमाडौं र चितवन भिड्दै

468
views

काठमाडौं । पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । पहिलो महिला फ्रेन्चाईज लिगको उपाधिका लागि क्याट क्विन्स काठमाडौं र चितवन राईनोज भिडदैछन् । चितवन राईनोज अपराजित रहँदै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

काठमाडौं भने प्ले अफ खेलेर फाइनल पुग्न सफल भयो । समूह चरणका चार खेल नै जितेको चितवन राइनोजले फाइनलमा पनि त्यस्तै आत्मविश्वासका साथ खेल्ने जवाफ दिएको छ भने काठमाडौंले पहिलो खेलमा चितवनसँग पराजय व्यहोरे पनि पछिल्ला चारमा उत्कृष्ट प्रदर्शन गरेकाले फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।