राइनोजलाई उपाधी

475
views

काठमाडौं । महिला च्याम्पियन्स लिग (डब्लुसीएल) टी (२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको हात पारेको छ । कीर्तिपुरमा बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बन्यो । लिगमा अपराजित रहेको चितवनले टस हारेर पहिलो ब्याटिङ गरेको थियो ।

उसले निर्धारीत २० ओभरमा ११२ रन जाड्यो । ११३ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रन बनाएको थियो ।