पारस खड्का टि–१० क्रिकेटमा अनुबन्धित

1188
views

काठमाडौं । युएइमा हुने टि टेन क्रिकेटमा नेपाली क्रिकेटर पारस खड्का अनुबन्धित भएका छन् । उनी दश हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् । पारसको टिम अबुधबीबाट टि टेन खेल्नेछन् ।

गत साता ड्राफ्ट सम्पन्न भएपनि हिजो मात्र पारसले ट्वीटर मार्फत टि टेन खेल्ने सार्वजनिक गरेका हुन् ।पारसको टिममा मोएन अली, मोहम्मद आमिर, कोरे एन्डर्सन, रोहण मुस्ताफा, लुक राइट जस्ता खेलाडी रहेका छन् ।

पारससँगै नेपाली अर्का खेलाडी सन्दीप लामिछाने भने कर्नाटक टस्कर्सबाट टि टेनकालागि अनुबन्धित भैसकेका छन ।टि टेन नोभेम्बर १५ देखि २४ सम्म हुनेछ ।