खोलामा लगि ढुंगाले हानेर श्रीमतीको हत्या

627
views

धरान १४, कार्तिक । धरानको खोरिया बस्तीमा श्रीमानले श्रमितीको हत्या गरेका छन । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले आफ्नी श्रीमतीलाई ढुंगाले हानेर गएराति हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुंगाले हानी हत्या गरेका थिए । बीना राई धरान–५ पानवारी माइती बस्दै आएकी थिईन् । उनी हिजो मात्रै घर आएकी थिइन् ।

एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान अर्जुनलाई गएराति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिए ।