हिन्दु र मुस्लिमको झडपमा गोली चल्दा एकको मृत्यु

677
views

कपिलवस्तु, १४, कार्तिक । कपिलवस्तुमा प्रहरीको गोली लागेर एक जनाको ज्यान भएको छ । प्रहरीको गोली लागी कृष्णनगरमा सुरजकुमार पाण्डेको मृत्यु भएको हो । हिन्दू र मुस्लिम समूदायबीच भएको झडपमा भएको तनावमा झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको हो ।

लक्ष्मी मूर्ति विर्सजनका क्रममा २ समुदाय बिच बुधबार राति नै तनावको स्थिति सिर्जना भएको थियो । प्रहरीले भने गोली लागेर मृत्यु भएको विषयलाई अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको बताए ।

स्थितिलाई नियन्त्रणमा लिन भनेर स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।

लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए ।